बाँके। बाँके राष्ट्रिय निकुञ्जले क्यामेरा जडान गरेर मान्छे आक्रमण गर्ने बाघको खोजी गरिरहेको छ ।
राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित सौरीमा बाघको अनुगमनका लागि घटनास्थल वरपर पाँच थान क्यामेरा जडान गरिएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।
‘हामीले घटनास्थल वरिपरिको क्षेत्रमा क्यामेरा जडान गरेर बाघको खोजी गरिरहेका छौँ । हालसम्म बाघ देखापरेको छैन । दुर्घटना स्थलमा फर्केर नआएकाले आफ्नो बाटो लागेको हुनसक्छ, ‘उनले भने ।
गत शनिबार ६२ वर्षीय मरिचमान भण्डारी गाई चराउन जाँदा बाघले आक्रमण गरी उनको मृत्यु भएको थियो । यसपछि सौरीगाउँवासी त्रसित बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया