आज पनि ३१ सयले बढ्यो सुनको मूल्य, चाँदीको के भयो ?

लोकपथ
266
Shares

काठमाडौं ।  साता तेस्रो कारोबारका दिन सुनको मूल्य बढेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३१  सय रुपैयाँले बढेको हो । 

सोमबार  २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३१ सय रुपैयाँले बढेर २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको महासंंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।  सोमबार ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ सय ९५ रुपैयाँले बढेर ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?