एमाले सचिवालय बैठक जारी

लोकपथ
49
Shares
फाइल तस्बिर

 काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही समय अघिबाट बैठक सुरु भएको हो । 

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, आसन्न राष्ट्रियसभा निर्वाचन र प्रतिनिधि सभा निर्वाचन सम्बन्धी रणनीति तथा आगामी केन्द्रीय कमिटी बैठकको तयारीबारे छलफल हुनेछ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको बैठकमा बदलिँदो राजनीतिक समीकरणको समीक्षा गर्दै पार्टीको आन्तरिक तथा बाह्य रणनीति टुंगो लगाउने अपेक्षा गरिएको छ ।

 विशेष गरी पुस २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकका लागि प्रस्तावहरू अन्तिम रूप दिने कार्यसूची छ । 

यसअघि सोमबार साँझ नेपाली कांग्रेस, एमाले र अन्य दलहरूबिच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँडबारे छलफल भएको सन्दर्भमा आजको बैठकले उम्मेदवारी टुंगो लगाउनेछ । राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?