पूर्वआईजीपी अर्यालविरुद्ध मुद्दा दर्ताको तयारी

काठमाडौँ, २३ कात्तिक- पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्याल र शान्ति मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई अख्तियारले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गर्ने अन्तिम तयारी गरेको छ आयोग स्रोतका अनुसार उनीहरूको बयान सकिसकेको छ भने आरोप पत्र तयार गरी मुद्दा दायर गर्न मात्र बाँकी छ, राजधानीमा खबर छ । ‘अब मुद्दा दर्ताका क्रममा केही बुझ्न आवश्यक भए मात्र बोलाइन्छ नत्र मुद्दा जान्छ,’ अख्तियारका एक अनुसन्धान अधिकृतले भने ।३ फागुन २०७३ मा प्रहरी प्रमुखबाट अवकाश पाएका अर्याललाई अकुत सम्पत्ति कमाएको आशंकामा अख्तियारले प्रारम्भिक छानबिन थालेको थियो । अख्तियार स्रोतका अनुसार अर्याललाई सम्पत्ति विवरणसम्बन्धी १३ पानाको फारमसमेत भराइएको थियो । उनले भरेको सम्पत्ति विवरण र आयआर्जनको कारण फरक परेपछि बयानका लागि बोलाइएको थियो आयोगले अर्याल प्रहरी प्रमुख हुँदा प्रहरीको लत्ताकपडा र सवारी साधनको खरिद तथा सप्तरी पुख्र्यौली घर भए पनि सिन्धुलीमा धेरै जग्गा भेटिएपछि अनियमितता गरेको आशंका गरेको थियो । उनलाई गत आइतबार नै बयानका लागि अख्तियारमा बोलाइएको थियो । बयानपछि उनको मुद्दा तयारी अवस्थामा रहेको आयोग स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?