कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द

लोकपथ
77
Shares

कञ्चनपुर । कञ्चनपुरमा केही दिनयता बढ्दो चिसोका कारण जनजीवन कष्टकर बनेको छ । यसै सन्दर्भमा जिल्लाका तीनवटा पालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाले अत्यधिक चिसोका कारण बालबालिकाको पठनपाठनमा समस्या हुने भन्दै विद्यालय बिदा दिने निर्णय गरेको  हो ।

बेल्डाडी गाउँपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरू सोमबारदेखि तीन दिनका लागि बन्द गर्ने जानकारी दिएको छ । त्यस्तै, बेलौरी नगरपालिकाले विद्यार्थी, शिक्षक र कर्मचारीको स्वास्थ्यमा पर्ने असरलाई मध्यनजर गर्दै आगामी पुस २५ गतेसम्म जाडो बिदा दिने निर्णय गरेको प्रवक्ता हर्कबहादुर भुलले जानकारी दिए ।

लालझाडी गाउँपालिकाले पनि मंगलबार र बुधबार गरी दुई दिनका लागि विद्यालय बन्द हुने सूचना जारी गरेको छ ।

सदरमुकाम महेन्द्रनगर र आसपासका क्षेत्रमा लगातारको चिसोले जनजीवन प्रभावित भएको स्थानीयहरूले बताएका छन् । बजार क्षेत्रमा समेत चहलपहल घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?