कांग्रेस कार्यसम्पादन समितिको बैठक सर्‍यो, दिउँसो १ बजे बस्ने

लोकपथ
77
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि पुनः निर्धारण गरिएको हो ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसका उम्मेदवार टुंगो  लगाउनेबारे छलफल हुने बताइएको छ । साथै, बैठकले उम्मेदवार छनोट र अन्य दलहरूसँगको चुनावी तालमेलबारे निर्णय गर्ने अपेक्षा गरिएको छ ।

राष्ट्रिय सभामा सबैभन्दा बढी मतभार रहेको कांग्रेसले आफ्नो हैसियत अनुसार प्रतिनिधित्व सुनिश्चित गर्ने र निर्वाचनमा जितको आधार तयार पार्ने उद्देश्यले अन्य दलहरूसँग सहकार्यको पहल अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?