काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्न लागेको हो ।
बैठकको मुख्य एजेण्डा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवार तय गर्ने विषय रहेको छ । अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा तालमेलको विषयमा सचिवालय सदस्यहरूलाई ब्रिफिङ दिने तयारीमा रहेको पार्टीले जनाएको छ । ।
राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) बिच तालमेल गर्ने प्रयास जारी रहँदा अहिलेसम्म कुनै ठोस सहमति हुन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया