अमेरिकी अदालतमा निकोलस मादुरोले भने– ‘म निर्दोष छु’

लोकपथ
588
Shares

न्युयोर्क । भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरो पहिलोपटक अमेरिकी अदालतमा उपस्थित भएका छन् । 

सोमबार न्युयोर्कस्थित अदालतमा भएको सुनुवाइमा उनले आफूविरुद्ध लगाइएका सबै अमेरिकी आरोपहरू अस्वीकार गरेका हुन् ।

अदालतमा बोल्दै मादुरोले आफू निर्दोष रहेको दाबी गर्दै कुनै अपराध नगरेको बताएका छन् । उनले आफूलाई काराकासस्थित आफ्नै घरबाट अपहरण गरी अमेरिका ल्याइएको उनको दाबी छ ।

मादुरोले अझै पनि आफू भेनेजुएलाको राष्ट्रपति रहेको जिकिर गर्दै आफूविरुद्धका आरोपहरू राजनीतिक उद्देश्यबाट प्रेरित भएको बताएका छन् ।

अदालतका अनुसार मादुरोमाथि दायर मुद्दाको अर्को सुनुवाइ आगामी मार्च १७ मा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?