कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, के छन् एजेन्डा ?

लोकपथ
406
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दैछ । बैठक केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्न लागेको हो ।

बैठकमा उम्मेदवार छनोट र अन्य दलसँगको चुनावी तालमेलका विषयमा छलफल हुँदैछ । निर्वाचनमा सिट बाँडफाँटका विषयमा नेकपा एमाले र माओवादी केन्द्रलगायतका दलहरूसँग शीर्ष तहमा छलफल जारी रहेको कांग्रेसले जनाएको छ ।

राष्ट्रिय सभामा कांग्रेसको प्रतिनिधित्व सुनिश्चित गर्न र निर्वाचन जित्न सक्ने आधार तय गर्न अन्य राजनीतिक शक्तिहरूसँग सहकार्यको हात बढाइएको हो ।

यही तयारीअनुसार सोमबार साँझ कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गुन्डु पुगेर भेटवार्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?