काठमाडौं । लागुपदार्थ सेवन गरी यात्रु तथा सर्वसाधारणलाई दुख दिने टिकट काउन्टरका ७ कार्यरत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कामनपा–१४ बल्खुस्थित सुमो तथा ईभी भ्यानको टिकट काउन्टरमा कार्यरत कर्मचारी रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाएको हो ।
पक्राउ पर्नेहरुमा रौतहटका बसन्तकुमार यादव, चितवनका साजन गुरुङ, तनहुँका पारस गुरुङ, तनहुँका अनुप गुरुङ, झापाका बिक्की श्रेष्ठ, काठमाडौंका अर्जुन भण्डारी र धादिङका अस्मिन लामिछाने रहेका छन् ।
उनीहरुले लागुपदार्थ सेवन गरी यात्रुहरु तथा सर्वसाधारणलाई दुख हैरानी दिने गरेको गुनासोपछि प्रहरीले त्यस क्षेत्रमा निगरानी बढाएको थियो । उनीहरुमाथि अनुसन्धान गर्न प्रहरी अस्पताल महाराजगंजबाट खटिएको टोली लिएर लागुऔषध ब्यूरो र कालीमाटी वृत्तको टोली पुगेको थियो ।
उनीहरुलाई लागुपदार्थ सेवनको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया