चितवनमा कार्यालय खोलेर १२ करोड ठगी, चिनियाँ नागरिकसहित ११ जना पक्राउ

लोकपथ
322
Shares

काठमाडौं । अनलाइनमार्फत् स्क्यामिङ गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले एस एम सी नामक मोबाइल एप्लिकेशन प्रयोग गरी अनलाइनमार्फत् ठगी गर्ने ११ जनाको गिरोहलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा एकजना चिनियाँ नागरिक र अन्य १० जना नेपाली रहेका छन् ।

उनीहरुले उक्त एप्लिकेशनमार्फत् ७० हजार भन्दा बढी नागरिकलाई सञ्जालमा जोडेर अनलाइनमार्फत् ठगी गरेको खुल्न आएको ब्यूरोले जनाएको छ ।

ब्यूरोकाअनुसार पक्राउ पर्नेहरुमा चिनियाँ नागरिक हे. जिङ्गजिङ्गसहि अन्य १० जना नेपाली रहेका छन् ।

पक्राउ परेका नेपालीहरुमा रामेछापका मिलन श्रेष्ठ, तनहुँका सौगात थापा, नुवाकोटका वीर बहादुर तामाङ, चितवनका सोनम खातुन, काठमाडौंकी प्रिया केसी, गुल्मीकी मोनिका गुरुङ, धादिङकी गीता गुरुङ, पर्साका नासिर मिया अन्सारी, पर्साकै सायरा खातुन र बाराका राम निवास प्रसाद कलवार रहेका छन् ।

उनीहरुले चितवनमा एस एम सी एन एड्भटाइजिङ सर्भिस सेन्टर प्रालि नामक कम्पनी स्थापना गरेका थिए । सोही कम्पनीको आडमा उनीहरुले विभिन्न व्यक्तिहरुबाट १२ करोड ८ लाख १६ हजार ३ सय ७२ रुपैयाँ ठगी गरेको खुल्न आएको ब्यूरोका सूचना अधिकारी एसपी दिपकराज अवस्तीले जानकारी दिए । उनका अनुसार ब्यूरोमा २५५ वटा उजुरी परेको थियो, जसमा एकै परिवारका धेरै सदस्यहरुको समेत उजुरी आएको थियो ।

उनीहरुमाथि संगठित अपराध निवारण ऐन, २०७७ र मुलुकी अपराध संहिता २०७४ अन्तर्गतको कसुरमा मुद्दा अघि बढाइनेछ ।

उनीहरुले कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरेको भन्दै प्रमाणपत्र देखाइ भौतिक कार्यालय समेत स्थापना गरी त्यसबाट आफूहरु कानुनी रुपमा योग्य रहेको भ्रम समेत छरेका थिए । त्यस्तै उनीहरुले अन्तराष्ट्रिय फिल्म कम्पनीहरुसँग सहकार्य रहेको र फिल्म हेरेवापत पैसा पाइने भन्दै झुटो विश्वास दिलाइ एसएमसी नामक एपमा आवद्ध गराएका थिए ।

ब्यूरोले यदी कोही उक्त एप्लिकेशनमार्फत् जोडिएको भएमा ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?