काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता मिलन लिम्बूले पनि समानुपातिकको बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेका छन् ।
रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्दूसूचीमा आदिवासी जनजाती क्लस्टरको ६ नम्बरमा लिम्बूको नाम रहेको थियो ।
लिम्बूले सामाजिक सञ्जालमा लेख्दै आफूले सल्लाहमै आफ्नो नाम फिर्ता लिन लागेको जानकारी दिएका छन् । पार्टी एकता र ध्रुविकरणबाट आएका नेताहरुको व्यवस्थापनमा पार्टीलाई अप्ठेरो परेको भन्दै आफूले नाम फिर्ता लिएका हुन् ।
‘एकता र ध्रुवीकरणको यस चरणमा एकताबाट आउनु भएका साथीहरूलाई समेत समुचित रूपमा व्यवस्थापन गर्नुपर्ने बाध्यता नेतृत्वसमक्ष छ । नेतृत्वको बाध्यतालाई बुझ्दै, बन्दसूची तय गर्ने क्रममा सिर्जित परिस्थितिले पार्टीका आम सदस्य र नेता-कार्यकर्ताको भावनामा परेको प्रभाव समेतलाई आत्मसात् गर्दै बन्दसूचीबाट नाम फिर्ता लिने निर्णय लिएको हुँ,’ उनले भनेका छन् ।
त्यसो त यसअघि विभिन्न चर्चित अनुहारले समेत रास्वपाको समानुपातिक बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिइसकेका छन् ।
लिम्बू यसअघि गत वैशाखमा भएको ईलाम क्षेत्र नं २ को उपनिर्वाचनमा रास्वपाका तर्फबाट उम्मेदवार रहे पनि पराजित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया