कांग्रेसको निष्कर्ष– ‘राष्ट्रिय सभामा तालमेल नगरी परिणाम आउँदैन’

लोकपथ
602
Shares

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठकमा गठबन्धन नगरी जित्न नसिकने निष्कर्ष निकालेको छ ।

आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सो कुरा बताए ।

उनले आजको बैठकमा राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेर जाने या के गर्ने भन्ने विषयमा कुराकानी भएको बताउँदै अन्य दलहरुसँग वार्ता भने भइरहेको जानकारी गराए ।

‘राष्ट्रिय सभामा तालमले नगरी परिणाम आउँदैन । सबै दलसँग कुराकानी गरौँ उनीहरुको आशय के छ, केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा ल्याउँ अनि छलफल गरौँ भन्ने कुरा भइरहेको छ,’ डा. महतले भने ।

आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन हुँदैछ । त्यसका लागि पूराना दलहरु एक भएर सिट बाँडफाँड गर्नेगरी अघि बढेका छन् ।

डा. महतका अनुसार कांग्रेसको शीर्ष नेतृत्वले अन्य दलका शीर्ष नेताहरुसँग सोही विषयमा छलफल गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?