काठमाडौं । नेकपा एमालेले गुल्मी क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गोकर्ण विष्टको नाम एकल सिफारिस गरेको छ ।
क्षेत्रीय समितिले एमाले उपाध्यक्ष समेत रहेका विष्टको नाम एकल सिफारिस गरेको हो ।
त्यसो त यसअघि ०७९ को निर्वाचनमा समेत विष्टले सोही क्षेत्रबाट जितेका थिए । त्यसबेला एकीकृत समाजवादीमा रहेकी रामकुमारी झाँक्रीले विष्टसँग प्रतिष्पर्धा गरेकी थिइन् ।
यद्यपि झाँक्री अहिले नेकपा एमालेमा रहेकी छन् ।
त्यस्तै गुल्मीको क्षेत्र नं १ बाट प्रदीप ज्ञवालीको नाम एकल सिफारिस भएको छ । अघिल्लो निर्वाचनमा ज्ञवाली सो क्षेत्रमा प्रतिष्पर्धा गरे पनि कांग्रेसका डा. चन्द्र भण्डारीसँग पराजित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया