कारागारबाट फरार कैदीले मोटरसाइकल चोरेपछि फेरि पक्राउ

लोकपथ
161
Shares

काठमाडौं । कारागारबाट फरार प्रतिवादी मोटरसाइकल चोरी गरेको आरोपमा पुनः पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१८ नरदेवीका २० वर्षीय रोहित खड्गी शाही र जुम्ला घर भइ हाल काठमाडौंँको तारकेश्वर बस्ने हरिशंकर शर्मा रहेका छन् ।

जिल्ला प्रहरी परिसरको टोलीले उनीहरुलाई काठमाडौंको तारकेश्वर नगरपालिका ११ डाँडागाउँ हिलेटोलबाट पक्राउ गरेको हो ।

सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट फरार रहेका शाहीले मोटरसाइकल चोरी गरी शर्मा बस्दै आएको घरमा लुकाएका थिए ।

त्यहाँबाट प्रहरीले बसुन्धराबाट चोरी भएको लु. २८ प ३९७५ नम्बरको रातो रंगको एफजेड मोटरसाइकल र भक्तपुरबाट चोरी भएको केटीएम ड्यूक मोटरसाइकल समेत बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?