एमाले अध्यक्ष ओलीको स्थान हद फुकुवा 

लोकपथ
231
Shares

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा प्रधानमन्त्री रहेका ओलीलाई उच्चस्तरीय जाँचबुझ आयोगले स्थान हद लगाएकोमा आज सोमबार बसेको आयोग बैठकले स्थान हद फुकुवा गरेको हो । 

पूर्वएआईजीसमेत रहेका आयोगका प्रवक्ता विज्ञानराज शर्माले ओलीको स्थान हद फुकुवा भएको जानकारी दिए ।

जेनजी आन्दोलनको सम्बन्धमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा गरेका कामकारबाहीको सम्बन्धमा सोधपुछको काम सकिएकोले उनको विदेश भ्रमण रोक्का र उपत्यका छाड्न नपाउने निर्णयको औचित्य सम्पन्न भइसकेकोले फुकुवा गरिदिएको शर्माले जारी विज्ञप्तिमा उल्लेख छ ।

पूर्वप्रधानमन्त्री ओलीमाथि गत असोज १२ गतेको आयोगको बैठकले स्थान हद लगाउने निर्णय गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?