काठमाडौं । काठमाडौं उपत्यकाका मालपोत कार्यालयहरूमा बिचौलियाको बिगबिगी हुने गरेको र त्यसमा कर्मचारीहरूको समेत संलग्नता हुने गरेको गुनासो बढ्दै गरेपछि सरकारले तीन मालपोत कार्यालयका प्रमुखमाथि ‘एक्सन’ लिएको छ ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्री बलराम अधिकारीको पालामा कार्यालय प्रमुखका रूपमा ती कार्यालयमा सरुवा भएका मालपोत अधिकृतहरूमाथि सरकारले एक्सन लिएको हो ।
सरकारले एक्सन लिएर हटाइएका मालपोत प्रमुखमा ललितपुर मालपोत कार्यालयका प्रमुख अशोककुमार भट्टराई, भक्तपुरका माधव घिमिरे र काठमाडौंको चाबहिलका दीपेन्द्र खत्री छन् । सरकारले उनीहरू तीनै जनालाई सामान्य प्रशासन मन्त्रालयमा तानेको छ ।
भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा.डा. कुमार इङनामले केही समयअघि ती कार्यालयमा छड्के अनुगमनसमेत गरेका थिए । त्यसक्रममा कार्यालय प्रमुखहरूले बिचौलियाहरूसँग साँठगाँठ गरेको देखिएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया