काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समानुपातिकतर्फ उम्मेदवारी फिर्ता लिनेको लहर नै चलिरहेको बेला पछिल्लो पटक योजना आयोगका पूर्वसदस्य डा. अरनिको पाँडेले पनि समानुपातिक उम्मेदवारको बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेका छन् ।
हिजो आइतबार बसेको केन्द्रीय समितिको दोस्रो चरणको बैठकमा उनले समानुपातिकको सूचीबाट आफ्नो नाम फिर्ता लिने बताएका थिए । समानुपातिकको सूचीका कारण नेतृत्वलाई अप्ठ्यारो परेको महसुस भएको भन्दै उनले आफ्नो नाम फिर्ता लिएर सहयोग गर्न चाहेको बताएका थिए ।
पछिल्लोपटक डा. पाँडेले पनि बन्दसूचीमा रहिरहने औचित्य नरहेको बताउँदै फेसबुकमा लेखेका छन्, ‘पछिल्लो समयमा विकसित राजनीतिक अवस्थामा विस्तार गरिएको रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नदेखी मैले हिजो राति बसेको केन्द्रीय समिति बैठकमा साथीहरूलाई बन्दसूचीबाट मेरो नाम हटाउने निर्णय सुनाएँ ।’
रास्वपाको समानुपातिक सूचीबाट यसअघि आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आसिफ शाह, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल र प्राध्यापक महेन्द्र लावतीले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया