भीमफेदी सुमो दुर्घटना अपडेट : मृतक ४ र घाइते ३ जनाको सनाखत 

लोकपथ
609
Shares

काठमाडौं । आइतबार साँझ मकवानपुरको भीमफेदी जुरिखेतमा भएको सुमो दुर्घटनामा ज्यान गुमाएका तथा घाइतेमध्ये केहीको सनाखत भएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेहरूमा भारत बिहार राज्य पटना बस्ने वर्ष ४२ का रजनिश कुमार, मकवानपुर हेटौंडा उ.म.न.पा.४ कमलडाँडा बस्ने वर्ष ४० की सविता लम्साल, हेटौंडा उ.म.न.पा.२ कान्ति राजपथ बस्ने वर्ष अं.२९ का निखिल अग्रवाल र भारत बिहार राज्य बेगुसराई बस्ने वर्ष ४९/५० का अरविन्द कुमार छन् । 

३५/३६ र ४०  वर्षका दुई पुरुष व्यक्तिको सनाखत हुन सकेको छैन ।

पुस २० गते काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना.१ज १७७८ नं.को सुमो सडकबाट करिब १०० मिटर तल खोल्सामा खस्न गई दुर्घटना भएको थियो ।

उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवनको लागि रिफर भएकाहरू 

१. सुमो चालक मकवानपुर हेटौंडा उ.म.न.पा.४ कर्रा चोक बस्ने वर्ष अं.४०/४५ का गणेश थापा । उनको शरीरको विभिन्न भागमा चोट, अवस्था गम्भीर 

२. मकवानपुर हेटौंडा उ.म.न.पा.४ कमलडाँडा बस्ने सविता लम्सालको छोरा वर्ष अं. १२ को अभ्यास लम्साल । टाउको र शरीरको विभिन्न भागमा चोट । अवस्था गम्भीर । उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवनको लागि रिफर भएको ।

३. रौतहट चन्द्रपुर न.पा.२ बस्ने वर्ष अं.२१ कि रिचा चौधरी । टाउको र शरीरको विभिन्न भागमा चोट । अवस्था मध्यम ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?