‘विशेष महाधिवेशनको औचित्य छैन, कार्यकर्ताहरु अब निर्वाचनमा लाग्नुस्’

लोकपथ
861
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब विशेष महाधिवेशनको चर्चा गर्नु उपयुक्त नभएको जिकिर गरेका छन् ।

आइतबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेता सिटौलाले पार्टी केन्द्रीय कार्य सम्पादन समितिले विशेष महाधिवेशनको औचित्य नभएकाले नै १५औँ नियमित महाधिवेशनको मिति सार्वजनिक गरिसकेको बताएका हुन् ।

उनले पार्टीको नियमित १५औँ महाधिवेशन गर्नेगरी आफ्नो कार्यतालिका पारित गरेको बारेमा सबैले ध्यान दिनुपर्ने बताए ।

आगामी फागुन २१ गते हुने आम निर्वाचनमा नेपाली काँग्रेसले भाग लिने निर्णय गरिसकेकाले त्यसतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए । पार्टी पंक्तिभित्र सम्पूर्ण एकता निर्माण गर्नुपर्ने, पार्टी एकतावद्ध भएर जनताको माझमा जानुपर्ने आवश्यकता रहेको बताए । पार्टीले आम जनताको लागि, राष्ट्रको लागि आगामी दिनमा के कस्तो योजना ल्याउने हो, के कस्तो नीति निर्माण गर्ने हो ? त्यसमा हाम्रो ध्यान केन्द्रित हुनुपर्ने बताए ।

नेता सिटौलाले भने, ‘नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्य सम्पादन समितिले विशेष महाधिवेशनको औचित्य छँदैछैन भनिसकेको छ । पार्टीको नियमित १५औँ महाधिवेशन गर्नेगरी आफ्नो कार्यतालिका पारित गरेको छ । आगामी फागुन २१ गते हुने आम निर्वाचनमा नेपाली कांग्रेसले भाग लिने निर्णय गरिसकेको छ । निर्वाचनमा पार्टीका तमाम साथीहरुलाई परिचालित, संगठित हुन आह्वान गरिएको छ । त्यसैले अब विशेष महाधिवेशनको चर्चा गर्नु उपयुक्त छैन भन्ने मलाई लाग्छ । यतिबेला पार्टी पंक्तिभित्र सम्पूर्ण एकता निर्माण गर्नुपर्ने, पार्टी एकतावद्ध भएर जनताको माझमा जानुपर्छ । पार्टीले आम जनताको लागि, राष्ट्रको लागि आगामी दिनमा के कस्तो योजना ल्याउने हो, के कस्तो नीति निर्माण गर्ने हो ? त्यसमा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ । हामी अब निर्वाचनतर्फ लाग्नुपर्छ ।’

नेता सिटौलाले विशेष महाधिवेशनतर्फ नलाग्न र निर्वाचनतर्फ लाग्न पार्टीका नेता र कार्यकर्ताहरुसँग आह्वान गरे । १५औँ नियमित महाधिवेशन सफलतापूर्वक सम्पनन्न गर्नेतर्फ लाग्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?