जेनजी आन्दोनलन : बयानका लागि आयोगले काट्यो ओलीलाई पत्र

लोकपथ
462
Shares

काठमाडौं । जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिने तयारी गरेको छ ।

यसअघि नै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले ओलीसँग बयान लिन पत्र काट्ने तयारी भइरहेको बताएका थिए ।
आइतबार आयोगले ओलीसँग बयानका लागि पत्र काटेको हो ।

ओलीले आफू बयानका लागि आयोगमा नजाने र आयोगलाई बयान नै नदिने अडान कायम राख्दै आइरहेका छन् ।

त्यसो त आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन आईजीपीदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुखसतिसँग बयान लिइसकेको छ । बयान लिएका सबैको स्थानहद फुकुवा गरिए पनि ओलीलाई भने काठमाडौं उपत्यका छाड्नदेखि विदेश भ्रमणसम्म रोक लगाइएको छ ।

यता राष्ट्रिय मानवअधिकार आयोगले ओलीसँग आजै बयान लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?