काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ ।
नेप्सेका अनुसार आज शेयर बजारमा १० दशमलव २९ प्रतिशतले बजार घट्दा बजार बिन्दू २ हजार ६ सय १० दशमलव ६३ अंकमा रोकिएको छ ।
आज कुल १ करोड २ लाख ७४ हजार १ सय २६ कित्ता शेयर ५ अर्ब १ करोड ७५ लाख ८७ हजार २ सय ९४ रुपैयाँमा कारोबार भएको छ । यसरी हेर्दा आज कारोबार रकम समेत घटेको छ ।
नेप्सेका अनुसार कुल कारोबारमा आएकामध्ये ९ वटा कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । यता ७९ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा १७१ कम्पनीको शेयर घटेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया