देउवाले बोलाए पार्टीका शीर्ष नेताको बैठक

लोकपथ
882
Shares
फाइल तस्बिर

 काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरुलाई बैठकमा बोलाएका छन् ।

महाराजगञ्जस्थित देउवा निवासमा आज दिउँसो २ बजे बैठक बस्न लागेको हो  । बैठकमा पार्टीभित्र देखिएको विवाद, विशेष महाधिवेशनको माग र त्यस विषयमा संस्थापन पक्षको धारणा बारे छलफल हुने जनाइएको छ ।

पार्टीभित्र एक पक्षले विशेष महाधिवेशन गर्नुपर्ने भन्दै तयारी गरिरहेको छ भने संस्थापन पक्षले विशेष महाधिवेशन सम्भव नरहेको अडान लिँदै आएको छ । यस कारण कांग्रेसभित्र विवाद बढ्दै गएको छ ।

यसअघि कार्यसम्पादन समितिले चुनावपछि नियमित महाधिवेशन गर्ने कार्यतालिका पारित गरिसकेको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विधानअनुसार आवश्यक संख्या पुगेमा विशेष महाधिवेशन गर्नुपर्ने अडान राख्दै आन्तरिक छलफल र तयारी अघि बढाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?