महाधिवेशनले एमालेमा नयाँ ऊर्जा दिएको छ : प्रदीप ज्ञवाली

लोकपथ
63
Shares

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता प्रदीप ज्ञवालीले केन्द्रीय महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा प्रदान गरेको बताएका छन् । 

सदरमुकाम तम्घासमा आयोजित पत्रकार सम्मेलनमा उनले महाधिवेशनपछि भएका घटनाक्रममा एमालेमाथि सबैभन्दा बढी प्रहार भएको धारणा व्यक्त गरे ।

ज्ञवालीले हाल देखिएको प्रतिकूल अवस्था क्षणिक मात्र भएको उल्लेख गर्दै लोकतन्त्रको पक्षमा उभिएको जनशक्तिले पार्टीलाई अझ सशक्त बनाएको बताए । 

केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवाको उल्लेखनीय सहभागिताले एमालेभित्र पुस्तान्तरणको सकारात्मक सन्देश गएको उनको भनाइ थियो ।

उनले भिन्न धारबाट आएका नेता तथा कार्यकर्ताको क्रियाशीलताको मूल्याङ्कन गर्दै योगदानको कदर गरिने स्पष्ट पारे । एमाले सिङ्गो देशको लोकतान्त्रिक आन्दोलनका लागि महत्त्वपूर्ण शक्ति रहेको दाबी  गरे ।

चुनावबाट पन्छिने कल्पना पार्टीले नगरेको उल्लेख गर्दै नेता ज्ञवालीले निर्वाचनका लागि सरकारले उपयुक्त वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?