लामो समयपछि प्रचण्ड र ओलीबिच भेटवार्ता, के–के भयो कुराकानी ?

लोकपथ
637
Shares

 काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच आज भेटवार्ता भएको छ ।

च्यासलस्थित एक घरमा करिब आधा घण्टा दुई नेता एक्लै भेटेका हुन् । भेटमा मुख्य रूपमा राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा सम्भावित तालमेलका विषयमा छलफल भएको बताइएको छ ।

तर भेटवार्ताको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । 

राजनीतिक विश्लेषकहरूले यस भेटलाई आगामी निर्वाचनका लागि रणनीति तय गर्ने प्रयासका रूपमा हेरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?