रोल्पामा विद्यार्थी सवार बस दुर्घटना : २ जना विद्यार्थीको मृत्यु ९ घाइते 

लोकपथ
119
Shares

काठमाडौं । रोल्पामा विद्यार्थी सवार बस दुर्घटना हुँदा २ जना विद्यार्थीको मृत्यु गएको छ भने ९ जना घाइते भएका छन् ।

रोल्पाको सुनछहरी गाउँपालिका–१ गाम खोलाको सेरमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी बोकेर वडा नम्बर ४ स्युरीतर्फ जाँदै गरेको ग१ज ६६६६ नम्बरको बोलेरो जीप गएराति दुर्घटनामा परेको हो । उनीहरू राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेलेर घर फर्किँदै थिए ।

दुर्घटनामा मृत्यु हुनेमा सुनछहरी गाउँपालिका–४ स्युरीका १२ वर्षीया दीपा पुन र १२ वर्षकै सुनिल विक छन् । 

रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापाका अनुसार, मृतक दुवै जना राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी हुन् ।

प्रहरी निरीक्षक थापाका अनुसार, दुर्घटनामा सुनछहरी गाउँपालिका–४ सिउरीका २४ वर्षीया अस्मिता विक, १२ वर्षीया विपना घर्ती मगर, १५ वर्षीय किसन घर्ती मगर, १६ वर्षीया पवित्रा पुन, १७ वर्षीय शनि विक, १५ वर्षीय हिमाल विक, १२ वर्षीया अमृता पुन, १४ वर्षीया जमुना विक र १५ वर्षीया हस्तिरा विक घाइते भएका छन् ।

घाइते ९ जनालाई रोल्पामा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवलको लुम्बिनी सिटी अस्पताल बुटवलका रिफर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?