२१ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
294
Shares

काठमाडौं । साताको पहिलो कारोबारको  दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाला सुन प्रतितोला २१ सय रुपैयाँले घटेको हो । 

अघिल्लो दिन  २ लाख ६२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २१  सय रुपैयाँले घटेर  २ लाख  ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

त्यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर ४ हजार ५०० रुपैयाँमा झरेको छ । शुक्रबार चाँदी ४ हजार ५ सय २५ रुपैयाँमा कारोबार भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?