रसुवागढी भन्सार कार्यालय : धमाधम सरसामान तथा सवारीसाधन आयात

लोकपथ
133
Shares

रसुवा । रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै विद्युतीय सवारीसाधन आयात हुन थालेका छन् ।

सीमा सुरक्षा पोष्ट रसुवागढीका अनुसार रसुवागढी नाकाबाट शनिबार १८ विद्युतीय सवारीसाधन (इभी  माइक्रो) नेपाल भित्रिएको छ ।

चालु आर्थिक वर्षको पहिलोपटक ती सवारीसाधन आयात भएका र अहिले टिमुरेस्थित पार्किङ क्षेत्रमा रहेका छन् ।  ती सवारीसाधन आयातकर्ताले राजस्व दाखिला गर्ने क्रम जारी रहेकोे भन्सार कार्यालयले जनाएको छ । यस्तै शनिबारमात्र स्याउ, रेडिमेड कपडा, लसुन, सवारीसाधानका पार्टपुर्जा, ओखर, इलेक्ट्रिक ब्याट्री, मेडिकलका सामग्री बोकेका ३९ मालवाहक कन्टेनर नेपाल भित्रिएका छन् ।

गत बिहीबारदेखि रसुवागढी नाका पुनः सञ्चालन भएसँगै शनिबारसम्म ९६ कन्ट्रेनरबाट मालसामान नेपाल भित्रिएको र रेडिमेड सामग्रीका हकमा आजदेखि जाँचपास प्रक्रिया सुरु हुने  भन्सार कार्यालय प्रवक्ता ठाकुर गौतमले जानकारी दिए ।

उनले बिग्रने वस्तुमा पर्ने स्याउ तथा ओखरजस्ता वस्तु भने शीघ्र जाँचपास हुने गरेको र नाका खुलेपश्चात दुई दिनको दौरानमा  ९० करोड ८७ लाख राजस्व दाखिला भएको बताए  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?