निर्वाचनका कारण पुनर्निर्माण प्रभावित

काठमाडौँ, २३ कात्तिक- प्रदेश र प्रतिनिधिसभा निर्वाचनका कारण भूकम्पमा ध्वस्त निजी आवास पुनर्निर्माण कार्यक्रम प्रभावित बनेको छ । पुनर्निर्माणमा खटिनुपर्ने जनशक्ति निर्वाचन प्रचारमा लागेपछि काम प्रभावित भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ७ लाख १ हजार २३ भूकम्पपीडितले निजी आवास बनाउन बाँकी छ । त्यसमध्ये एक लाख दुई हजार दुई सय ९३ भूकम्पपीडितले निजी आवास पुनर्निर्माण सुरु गरिसकेका छन् । बाँकी ५ लाख ९८ हजार ७ सय ३० भूकम्पपीडितले निजी आवास निर्माण अझै सुरु गरेका छैनन्, नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?