भेनेजुएलामाथि अमेरिकी सैन्य हस्तक्षेप स्वीकार्य छैन : शंकर पोखरेल

लोकपथ
609
Shares

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकाले भेनेजुएलामा गरेको सैन्य हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिने कदम संयुक्त राष्ट्रसंघको संस्थागत सिद्धान्तको ठाडो उल्लंघन भएको बताएका छन् ।

पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन् । 

उनले लेखेका छन्, ‘कुनै देशका जन निर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन ।’

उनले यस घटनाले अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमा गम्भीर प्रश्न उठाएको बताए र अमेरिकाभित्र पनि यस विषयमा जिम्मेवार बहस आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?