काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत प्रस्थान गर्न लागेका छन् ।
प्रचण्डले आज साँझ राजधानी नयाँ दिल्लीमा आयोजना हुने नेपाली समाज भारतको एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । कार्यक्रममा उनी प्रमुख अतिथिको रूपमा सम्बोधन गर्नेछन् ।
प्रचण्ड सोमबार साँझ नेपाल फर्कनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया