बैतडीमा थपियो मतदाता बढाइयो पाँच मतदान केन्द्र

लोकपथ
35
Shares

बैतडी ।  बैतडीमा पाँचवटा मतदान केन्द्र थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पाँचवटा मतदान केन्द्र थपिएका हुन् । 

यहाँको सिगास गाउँपालिका–४ को वडा कार्यालय भवन कान्धार, दशरथचन्द नगरपालिका–७ को केदारशीला आधारभूत विद्यालय सुर्काल, दशरथचन्द नगरपालिका–९ को केदार आधारभूत विद्यालय सीम लोडासौँ, शिवनाथ गाउँपालिका–३ को श्रीपूर आधारभूत विद्यालय बछला र पाटन नगरपालिका–५ को त्रिपुरेश्वर मावि कुलडामा मतदान केन्द्र थप भएको हो ।

त्यसैगरी, एउटा मतदान केन्द्र घटाइएको छ । मेलौली नगरपालिका–२ को कोटेश्वर आधारभूत विद्यालयमा रहेका दुई वटा मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्र हटाइएको हो । 

गत निर्वाचनमा दुई सय १० वटा मतदान केन्द्र रहेकामा अब भने दुई सय १४  मतदान केन्द्र कायम भएका निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले जानकारी दिए । मतदानस्थल भने साविककै एक सय २९ नै कायम रहेको उनले बताए ।

गएको निर्वाचनमा दुई सय १० वटा मतदान केन्द्र रहेको बैतडीमा आगामी निर्वाचनका लागि दुई सय १४ मतदान केन्द्र कायम भएका जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख पुरुषोत्तम जोशीले बताए । मतदानस्थल भने साविककै एक सय २९ नै कायम रहेका उनले बताए ।

जिल्ला सदरमुकाममा एउटा अस्थायी मतदान केन्द्र रहने छ । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताको विवरण संकलनको काम गरिहेको छ । 

स्थानीय, प्रदेश र सङ्घमातहत रहेका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, कारागारमा रहेका वा वृद्धाश्रममा रहेकाहरूको विवरण सङ्कलनको काम भइरहेको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख जोशीले बताए  ।  

जिल्लामा आगामी निर्वाचनका लागि एक लाख ५६ हजार ३७२ मतदाता कायम भएका छन् । यस वर्ष छ हजार २१६ मतदाता थपिएका बताइएको छ । यसअघि एक लाख ५० हजार १५६ मतदाता रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?