दैलेख । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दैलेखमा उम्मेदवारको नाम टुङ्ग्याउन मतदान गरिएको छ ।
दैलेख निर्वाचन क्षेत्र नम्बर–२ मा उम्मेदवार छनोटका लागि गरिएको मतदानमा नेकपा एमालेका नेता विष्णु रिजालले सर्वाधिक मत प्राप्त गर्दै उम्मेदवारका रूपमा सिफारिस भएका छन् ।
एक पदका लागि चार जना आकाङ्क्षी देखिएपछि सर्वसम्मत प्रयास असफल भएसँगै मतदान गरिएको थियो । मतदानमा विष्णु रिजाल, राजबहादुर बुढा, राजबहादुर शाही र लक्ष्मीप्रसाद पोख्रेल आकाङ्क्षी रहेका थिए ।
मत परिणामअनुसार रिजालले ६७ मत प्राप्त गरे । उनका निकट प्रतिस्पर्धी लक्ष्मीप्रसाद पोख्रेलले ६६ मत पाउँदा राजबहादुर शाहीले ६१ र राजबहादुर बुढाले ५० मत प्राप्त गरेका छन् ।
पार्टीले स्थानीय तहदेखि केन्द्रीय तहसम्मको सहमतिमा उम्मेदवार चयन प्रक्रिया अघि बढाएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया