रास्वपाको केन्द्रीय समिति बैठक आज, पार्टी समायोजन र सुदृढीकरणबारे छलफल

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी समायोजन, विस्तार तथा सुदृढीकरणलगायतका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो ।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थली, काठमाडौंमा बस्ने बैठकमा सभापति रवि लामिछानेले समसामयिक राजनीतिक अवस्था र पार्टीको संगठनात्मक रणनीतिबारे केन्द्रीय समितिलाई ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ ।

पार्टी समायोजन, संगठन विस्तार तथा सुदृढीकरणसँग सम्बन्धित विविध विषयमा छलफल गरी साझा धारणा निर्माण गर्न बैठक बोलाइएको हो ।

उक्त एजेन्डाहरू महत्त्वपूर्ण भएकाले केन्द्रीय समितिका सबै सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिइएको पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?