आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु, हिमालमा हिमपात

लोकपथ
161
Shares

काठमाडौं । आज देशभर पश्चिमी वायूको प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार  आज दिउँसो तराई भू–भागका अधिकांश स्थानमा हुस्सु/कुहिरो रहनेछ ।

कोशी प्रदेशका पहाडी तथा हिमाली भागका साथै गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी महाशाखाले आज राति तराई भागका धेरै स्थानमा कुहिरो लाग्नेछ । कोशी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको साथै तराई भागमा कुहिरोको समेत सम्भावना रहेको छ । यसको प्रभाव रहँदा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?