क्यान्सरको उपचार धनी र गरिबलाई एउटै

काठमाडौँ, २३ कात्तिक- क्यान्सरका बिरामीको उपचारमा एकरूपता ल्याउन सरकारले क्यान्सर कार्यविधि लागू गरेको छ । उपचारमा एकरूपता नभएपछि सरकारले एकै प्रकारको उपचार विधि अपनाउन क्यान्सर उपचार प्रोटोकल (कार्यविधि) लागू गरेको हो, नयाँ पत्रिकामा खबर छ केही दिनअघि मात्रै स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले देशभरका अस्पतालमा कार्यविधि पठाएको छ । विभागका निर्देशक डा. भीमसिंह तिंकरीले देशभरका अस्पतालमा क्यान्सरको उपचारमा एकरूपता ल्याउन तयार गरेको क्यान्सर उपचार कार्यविधि पठाइएको बताए । उनका अनुसार उक्त कार्यविधिले गरिब, विपन्न वर्गका बिरामीलाई ठूलो राहत पुग्नेछ । अब क्यान्सरका बिरामीको उपचार गर्दा चिकित्सकहरूले आफूअनुकूल औषधि चलाउन पाउनेछैनन् । तिंकरीले भने, ‘स्वास्थ्य मन्त्रालयले सबै अस्पतालमा क्यान्सरको उपचारमा एकरूपता ल्याउन क्यान्सर उपचार कार्यविधि लागू भएसँगै बिरामीले सस्तोमा एकै प्रकारको उपचार सेवा पाउनेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?