काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीभित्रको पछिल्लो अवस्था बारेमा काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापति लगायतसँग अन्तरक्रिया गरी राय लिएका छन् ।
विशालनगरस्थित आफ्नै सम्पर्क कार्यलयमा उनले दुई घण्टा पार्टी भित्रको पछिल्लो अवस्थाबारे नेताहरूसँग छलफल गरेका हुन् ।
कार्यलयमा आज भएको छलफलमा अहिलेको विषम परिस्थिति, समुचित निकास, राष्ट्रमा देखिएको संकटको समाधान र पार्टीभित्रको द्वन्द्व अवतरण कसरी हुन सक्छ भन्ने लगायतका विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ ।
सो अवसरमा शुक्रबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णय र महामन्त्रीहरूले उठाएको विशेष महाधिवेशनका सम्बन्धमा कसरी समन्वय गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको थियो ।
साथै आगामी आमनिर्वाचनमा एकताबद्ध रूपमा कसरी अगाडि बढ्न सकिन्छ ? भन्ने विषय, हालै पार्टीको अनुशासन समितिले गरेका कारबाहीको फुकुवालगायत विषयमा छलफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया