समानुपातिक उम्मेदवारी फिर्ता लिने सचिन ढकालको घोषणा

लोकपथ
392
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ उम्मेदवार बनेका एफसी चितवनका अध्यक्ष सचिन ढकालले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् ।

रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा ढकालको नाम समावेश भएको विषयलाई लिएर चौतर्फी विरोध भएपछि उनले शनिबार उम्मेदवारी फिर्ता लिएका हुन् । ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मानस्वरूप यो कदम चालेको बताएका छन् ।

‘नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु, ढकालले फेसबुकमा लेखेका छन् ।

ढकालको उम्मेदवारीलाई लिएर पार्टीभित्र तथा बाहिर विभिन्न टिप्पणी र आलोचना भइरहेको थियो । उनको उम्मेदवारी फिर्तासँगै रास्वपाको समानुपातिक सूचीमा पुनः समायोजन हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?