नेपाल क्रिकेट संघद्वारा सन् २०२६ को वार्षिक क्रिकेट क्यालेन्डर सार्वजनिक

लोकपथ
182
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि विस्तृत क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको छ । क्यानले सार्वजनिक गरेको क्यालेन्डरअनुसार वर्षभर घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू सञ्चालन हुनेछन् ।

क्यालेन्डरअनुसार सन् २०२६ मा कुल २८ वटा घरेलु प्रतियोगिता आयोजना हुनेछन् । यस्तै, ३२ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली पुरुष तथा महिला राष्ट्रिय टोलीको सहभागिता रहने क्यानले जनाएको छ ।

आगामी वर्ष नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण रहने देखिएको छ । क्यालेन्डरअनुसार नेपालले महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्नेछ भने पुरुष टोलीले टी–२० विश्वकपमा सहभागिता जनाउने छ ।

क्यानले नियमित प्रतियोगिता, तयारी खेल तथा अन्तर्राष्ट्रिय सहभागितालाई प्राथमिकता दिँदै क्यालेन्डर सार्वजनिक गरेको जनाएको छ । यसले नेपाली क्रिकेटको विकास र खेलाडीको क्षमता वृद्धिमा टेवा पुग्ने क्यानको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?