काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका नेपाली चलचित्र क्षेत्रका कलाकार आसिफ शाहले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
आज (शनिबार) बिहान सामाजिक सञ्जालमार्फत् उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै शाहले जनता र पार्टी कार्यकर्ताको भावनाअनुसार समानुपातिक सूचीमा रहेका अन्य व्यक्तिहरूलाई पनि नाम फिर्ता लिन आग्रह गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसै सूचनामार्फत म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु । साथै, जनता र पार्टीका साथीहरूको भावनाअनुरूप समानुपातिक सूचीमा रहेका अन्य साथीहरूलाई पनि आ–आफ्नो नाम फिर्ता लिएर दुई कदम पछाडि हट्न विनम्र आग्रह गर्दछु ।’
शाहले प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिने निर्णय भने यथावत् रहेको स्पष्ट पारेका छन् । उनका अनुसार उनी काठमाडौं–५ बाट प्रत्यक्ष उम्मेदवारी दिन पूर्ण रूपमा तयार छन् । ‘प्रत्यक्ष निर्वाचनमा उठ्ने निर्णय स्पष्ट छ उठ्ने नै हो, ‘उनले उल्लेख गरेका छन् ।
देशको हित सबैभन्दा ठुलो भएको उल्लेख गर्दै शाहले भने, ‘देशभन्दा ठुलो केही हुँदैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया