काठमाडौं । बुद्द एयरको जहाज अवतरणका क्रममा रनवेमा दुर्घटनाग्रस्त बनेको छ ।
शुक्रबार काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको जहाज अवतरणका क्रममा रनवेबाट केही बाहिरिएको हो ।
९०१ उडान संख्या भएको 9N-AMF कलसाइनको जहाजमा ५१ जना यात्रु रहेका थिए । रनवेबाट केही बाहिरिए पनि चालक दलका सदस्यसहित सबै यात्रुहरु सुरक्षित रहेको बुद्ध एयरले जनाएको छ ।
काठमाडौंबाट अर्को जहाजमा टेक्निकल एवं रिलिफ टिम पठाइएको बुद्ध एयरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया