कांग्रेसको १५औँ महाधिवेशन वैशाख अन्तिम साता गर्ने प्रस्ताव पारित

लोकपथ
1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी वैशाख २८,२९,३० र २१ गते काठमाडौंमा हुने भएको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यसअघि ल्याइएको कार्यतालिका परिमार्जन गर्दै आगामी वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन गर्ने नयाँ कार्यतालिका पारित गरेको हो ।

नयाँ कार्यतालिका नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको कार्यसम्पादन समितिको बैठकमा प्रस्तुत गरेका थिए ।

प्रस्तावित कार्यतालिकालाई केन्द्रिय कार्य समितिको बैठकले पारित गरेको पार्टीका नेता विमलेन्द्र निधीले बताए ।

उनकाअनुसार विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै समाप्त भइसकेको बताए ।

उनले भने, ‘कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापतिजीले जुन प्रस्ताव प्रस्तुत गर्नुभएको छ, यो विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै समाप्त भइसकेको छ । १५ औं नियमित महाधिवेशन पुस २६,२७ र २८ गतेका लागि तोकिएको थियो, त्यसको संशोधित कार्यतालिका आएको छ । २०८३ वैशाख, २८, २९, ३० र ३१ गते काठमाडौंमा हुनेगरी नयाँ कार्यतालिका कार्य समितिको बैठकमा प्रस्तुत भएको छ । त्यही नै पारित भएको छ ।’

यसअघि कांग्रेसले पुस २६,२७ र २८ गते महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेको थियो । न्यूज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?