कांग्रेस महाधिवेशन वैशाख २८–३१ गतेसम्म गर्न प्रस्ताव

लोकपथ
287
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी २०८३ सालको वैशाख २८ गतेदेखि ३१ गतेसम्म गर्ने गरी प्रस्ताव पेस भएको छ ।

सानेपामा जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनको नयाँ मिति प्रस्ताव गरेका हुन् ।

यसअघि बसेको केन्द्रीय समिति बैठकले आगामी पुस २६–२८ गतेसम्म गर्नेगरी मिति तय गरेको थियो । तर तोकिएको समयमा महाधिवेशन नहुने भएसँगै नयाँ मिति प्रस्ताव भएको हो ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले तोकिएको समयमा नियमित महाधिवेशन नहुने भएसँगै विशेष महाधिवेशनको तयारी गरेका छन् ।

आगामी पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा गरेसँगै कांग्रेसले बैठक बोलाएर महाधिवेशनबारे छलफल गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?