कांग्रेसभित्रको समस्या समाधान कसरी हुन्छ ? कार्यवाहक सभापतिको २ शब्दको उत्तर

लोकपथ
882
Shares

काठमाडौं । पार्टीभित्रको आन्तरिक विवाद चुलिरहेका बेला नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

शुक्रबार दिउँसो ३ बजेका लागि बैठक बोलाए पनि केही नेताहरु अनुपस्थित भएका कारण बैठक अझै सुरु हुन सकेको छैन ।

त्यसो त बैठकमा सहभागि हुन पुगेका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरुले अबको बाटो के भन्दै प्रश्न गरेका छन् । साथै कांग्रेसभित्रको समस्या समाधानको बाटो के भन्ने प्रश्नमा कार्यवाहक सभापति खड्काले दुई शब्दको उत्तर दिएर बैठक हलमा प्रवेश गरेका छन् ।

कांग्रेसभित्र विवाद देखिएको छ, अब समाधानको बाटो के भन्ने सञ्चारकर्मीको प्रश्नमा खड्काले भने, ‘निर्णय आउँछ ।’

बिहीबार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेसँगै कांग्रेसभित्रको आन्तरिक राजनीतिमा थप तरंग पैदा भएको छ ।

महामन्त्रीद्वयले विधानको व्यवस्था अनुसार नै विशेष महाधिवेशन बोलाएको भए पनि संस्थापन समूहले भने विशेष महाधिवेशन सम्भव नरहेको दाबी गर्दै आइरहेको छ । त्यति मात्र होइन दुई पक्षबिच आन्तरिक कलह चुलिरहँदा पार्टी नै फुट्को अवस्थामा जान्छ कि भन्ने आशंका समेत व्यक्त भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?