२९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
420
Shares

काठमाडौं । तीन दिन लगातार ओरालो लागेको सुनचाँदीको मूल्य शुक्रबार उकालो लागेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार २ लाख ६२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ४ हजार ५ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?