काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।
बैठक आज बिहान ९ बजेपछि महाराजगञ्जस्थित सभापतिको निवासमा बस्न लागेको हो ।
पार्टीको विशेष महाधिवेशनको तयारीमा जुटेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सँग समन्वय गर्दै सभापतिले बैठक बोलाएका हुन् ।
यसअन्तर्गत कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूलाई छलफलमा उपस्थित हुन आह्वान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया