सहज छैन देउवालाई चुनाव जित्‍न, यीनको छ हारेको हेर्ने धोको

डडेलधुरा, २३ कात्तिक- डडेलधुराबाट लगातार पाँचपटक निर्वाचन जितेका प्रधानमन्त्री शेरबहादुर देउवा छैटौं पटक उम्मेदवार बनेका छन्। कांग्रेस सभापतिसमेत रहेका देउवासँग प्रतिनिधिसभा सदस्यका लागि तेस्रो पटक माओवादी केन्द्रका पोलिटब्युरो सदस्य खगराज भट्टसहित पाँच जनाले प्रतिस्पर्धा गर्दै छन्। भट्ट यसपटक एमालेसँगको गठबन्धनका तर्फबाट प्रधानमन्त्री देउवाविरुद्ध चुनावी मैदानमा उत्रिएका हुन्स्वतन्त्रबाट लगातार चुनाव लड्दै आएका कर्णसिंह रावल चौथो पटक चुनावी मैदानमा छन्। ६ उम्मेदवारमध्ये रावल मात्र स्वतन्त्र हुन्। गृहजिल्लामा देउवाको कामप्रति असन्तुष्टि जनाउँदै चुनावमा उठ्दै आएको उनको भनाइ छ, अन्नपूर्णमा खबर छ । उनले हरेक निर्वाचनमा ५०-६० भन्दा बढी मत ल्याउन सकेका छैनन्। तर, देउवालाई हराइछाड्ने धोको रहेको उनले बताएदेउवासँग पटक-पटक हार बेहोर्दै आएका जनमोर्चाका लालबहादुर जाग्री पनि यसपटक प्रतिस्पर्धामा छन्। नेपाल दलित पार्टीबाट रमेश टमटा, राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट लक्ष्मीदत्त भट्ट पनि उम्मेदवार छन्। डडेलधुरामा प्रतिनिधिसभा सदस्यमा ६ जना उम्मेदवार रहे पनि कांग्रेस र वाम गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिन्छवाम गठबन्धनका कारण आफ्नो जित निश्चित रहेको भट्टको दाबी छ। यसअघि उनी दुवै सविधानसभा निर्वाचनमा देउवासँग पराजित भएका थिए। पहिलो निर्वाचनमा उनी करिब १५ सय र दोस्रोमा १२ हजारभन्दा बढी मतको फरकमा पराजित भए। आसन्न निर्वाचनमा भने १० हजारभन्दा बढी मतको फरकमा आफूले जित्ने उनको दाबी छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?