काठमाडौं । वर्तमान सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले कार्यव्यस्तताका कारण आफूले सबैको फोन उठान नसकेको बताएका छन् ।
निरन्तर फोन गरे पनि अर्थमन्त्रीको फोन नउठ्ने गरेको गुनासो आइरहेपछि खनालले सो बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा व्यांग्यात्मक रुपमा लेख्दै आफूले २४सै घण्टा जतिखेर पनि फोन उठाउन सक्ने अद्भुत क्षमता आफूसँग नभएको टिप्पणी गरे ।
‘चौबिसै घण्टा जतिखेर पनि फोन उठाउन सक्ने अद्भुत क्षमता बनाउन सकिएन !,’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया