काठमाडौं । डा. चन्द्रकान्त राउत (सिके राउत) नेतृत्वको जनमत पार्टीले राष्ट्रिय पोशाक दिवस मनाएको छ ।
बिहीबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर धोती दिवस मनाएको हो । पार्टीका नेता तथा कार्यकर्ताहरू धोती लगाएर काठमाडौंको माइतीघर मण्डलामा भेला भएका थिए ।
कार्यक्रममा सहभागीहरूले धोती टोपी एक हौँ, धोती हाम्रो गर्व हो, मधेसको पहिचान हो जस्ता नारा लगाएका थिए ।
जनमत पार्टीले धोतीलाई मधेसी समुदायको सांस्कृतिक धरोहरको रूपमा उजागर गर्दै पहाडी समुदायबाट मधेसीमाथि हुने दुर्व्यवहारको विरोधमा यो दिवस मनाएको जनाएको छ ।
पार्टीले यसअघि नै सबै जिल्लामा धोती दिवस मनाउन परिपत्र जारी गरेको थियो ।
यो कार्यक्रमले नेपालको बहु सांस्कृतिक विविधतालाई सम्मान गर्दै राष्ट्रिय एकताको सन्देश दिएको पार्टीको दाबी छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया