अंग्रेजी नयाँवर्षमा पर्यटकले भरियो जनकपुरधाम

लोकपथ
42
Shares

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को आगमनको अवसरमा जनकपुरधाममा पर्यटकहरूको भीड बढेको छ । 

अंग्रेजी नयाँ वर्ष मनाउन जनकपुरधाममा आन्तरिक तथा भारतीय पर्यटकहरूको घुइँचो लागेको हो । 

जानकी मन्दिरमा दर्शन तथा पूजापाठ गरेर नयाँ वर्षको सुरुवात सुखमय होस् भन्ने अभिलाषाका साथ जनकपुरधाममा पर्यटकहरू आएका छन् । 

बिहानैदेखि जनकपुरधामको जानकी मन्दिर, राम मन्दिरलगायतका मठ मन्दिरहरूमा पर्यटकहरूको भीड छ । भारतीय गाडीहरूको चाप बढेको छ । 

महोत्तरीको जलेश्वर भिठामोड र धनुषाको जटही नाकाबाट भारतीय पर्यटकहरू अत्यधिक रूपमा जनकपुरधाम आएका छन् । 

पछिल्लो वर्ष नेपालले राजनीतिक रूपमा ठुलै संकटको सामना गर्नुपरेको र आउने दिन नेपालकालागि सुखमय होस् भन्ने कामना दर्शनार्थीहरुले गरेका छन् । 

नयाँ वर्षमा अहिले अत्यधिक रूपमा पर्यटकहरू आएका कारणले व्यापार र व्यवसायसमेत राम्रै चलेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?